Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द

संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द


  • 281
    Shares

    संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द
    images

    काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको नयाँ संरचनामा सञ्चालन हुँदै आएको अस्थायी क्यान्टिन बन्द गरिएको छ।

    चिया, चाउमिन र ममलगायत परिकारको मूल्य महँगो भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभाको बैठकमा क्यान्टिन सञ्चालनबारे प्रश्न उठाएका थिए।

    सांसदले क्यान्टिनमा कालो चियाको १ सय, दूध चियाको २ सय, ममको ३ सय र चाउमिनको ४ सय रुपैयाँसम्म पर्ने गरेको दाबी गर्दै संसद् भवनको बरण्डामा फाइभस्टार होटलजस्तो संरचना राखिएको भन्दै आपत्ति जनाएका थिए।

    त्यसको भोलिपल्ट बुधबार नयाँ भवनमा अस्थायी रूपमा राखिएको क्यान्टिन बन्द गरिएको हो। यद्यपि, सिंहदरबारभित्र सञ्चालन हुँदै आएको साविकको क्यान्टिन भने नियमित रूपमा सञ्चालनमा रहेको कर्मचारी राजकाजी महर्जनले बताएका छन्।

    महर्जनका अनुसार अस्थायी क्यान्टिन बन्द गर्ने निर्णय सिनियर म्यानेजमेन्टबाट भएको हो। उनले सांसदले उल्लेख गरेका मूल्यमा सत्यता नरहेको दाबी गर्दै मेन्युअनुसार नै परिकार बिक्री हुँदै आएको बताए।

    ‘माननीयले जे बोल्नुभयो, त्यो उहाँको अधिकार हो। तर उहाँको भनाइमा सत्यता छैन। मेन्युमा जे छ, त्यहीअनुसार रेट कायम गरिएको छ,’ महर्जनले भने।

    अस्थायी क्यान्टिन पुनः कहिले सञ्चालनमा आउने भन्नेबारे भने सञ्चालकले कुनै जानकारी दिएका छैनन्।  

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १४:२७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij