Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मलेसिया रोजगारीको समस्या समाधान गर्न बालेन–अनवरबीच छलफल

मलेसिया रोजगारीको समस्या समाधान गर्न बालेन–अनवरबीच छलफल


  • 512
    Shares

    मलेसिया रोजगारीको समस्या समाधान गर्न बालेन–अनवरबीच छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको हो।

    छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएको बालेनको सचिवालयले जनाएको छ। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्।

    शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।

    प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएको सचिवालयको भनाइ छ । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको बताइएको छ ।

     


     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १२:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij