२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।
सोमबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पराजयपछि नेतृत्वले मैदान छाड्न नहुने बताए ।
उनले पार्टीभित्रको कमजोरीको कठोर आत्मसमीक्षा गर्दै संगठन पुनर्निर्माणमा लाग्नुपर्ने उल्लेख गरे । नेतृत्व पुस्तान्तरणका नाममा अहिले नेतृत्व विस्थापन गर्न खोजिएको भन्दै ओलीले त्यसको प्रतिवादसमेत गरेका छन् ।
ओलीले एमालेका सामु संविधान र लोकतन्त्रको रक्षा तथा आगामी निर्वाचनको तयारी मुख्य कार्यभार रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij