Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु


  • 645
    Shares

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
    images

    काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।

    यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउनेछ । ईडीएलभीआरएसमा ‘अपलोड’ भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यसले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    “यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ,” मन्त्रालयले भनेको छ ।

    पहिलो चरणमा मधेस प्रदेशका तीन हजार ८१ सवारीचालक अनुमतिपत्र छपाइ गरी वितरणका निम्ति हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।

    सवारीचालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेस सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको मन्त्रालयले जनाएको छ ।

    लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार (असोज २) सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ ।

    प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी केन्द्रमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १३:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij