Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित


  • 701
    Shares

    जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित
    images

    काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्।

    पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयन दर्ताका क्रममा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

    अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपाध्यक्षका ७ पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने महासचिव पदमा ३ जनाले उम्मेदवारी दिएका छन्।

    त्यस्तै, एक उपमहासचिवका लागि २ जना र ७ सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलले जानकारी दिए।

    जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ।  

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १३:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij