Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महिला भलिबलमा नेपाल जापानसँग पराजित

महिला भलिबलमा नेपाल जापानसँग पराजित


  • 554
    Shares

    महिला भलिबलमा नेपाल जापानसँग पराजित
    images

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोली जापानसँग पराजित भएको छ।

    बुधबार आइचीस्थित पार्क एरिना कोमाकीमा भएको समूह चरणको पहिलो खेलमा नेपाल आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

    नेपालले पहिलो सेट २५–८ ले गुमाएको थियो। दोस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरे पनि २५–१२ ले पराजित भयो। तेस्रो सेटमा पनि नेपाल २५–११ ले पछि परेपछि खेल जापानले आफ्नो पक्षमा पारेको हो।

    नेपालले अब समूह चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। एसियाली खेलकुदको औपचारिक उद्घाटन भने असोज ३ गते हुने कार्यक्रम छ।  

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १७:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij