२०८३ भाद्र ३१ गते बुधवार
कर्णाली शिवराजलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि उचालेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा कर्णालीलाई सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। हरायो। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ पुरस्कार पाएको छ।
अन्नपूर्णले कर्णालीलाई ३-० को सेटले सहजै पाखा लगायो। लिग चरणको पहिलो खेलमा अन्नपूर्ण कर्णालीसँग ३-१ को सेटमा पराजित भएको थियो। फाइनलमा कर्णालीलाई हराएसँगै अन्नपूर्णले त्यो हारको बदला समेत लिएको छ।
अन्नपूर्णले पहिलो सेट २५-१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा कर्णालीका कप्तान तथा मार्की खेलाडी पहल गहतराजले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि खेलमा करिब २० मिनेट तनावको अवस्था आएको थियो। कप्तान पहल र विदेशी खेलाडी अलिरेजा अबालुचले पहेलो कार्ड पाए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij