Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा एक पक्राउ

तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा एक पक्राउ


  • 1.5K
    Shares

    तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा एक पक्राउ
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर एलपी ग्यास बरामद गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईवटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो । ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका–२ का लुइँटेलले ग्यासको एउटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार लुइँटेलले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १५:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij