Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूलीमा हराइरहेका यात्रुको खोजी तीव्र पार्न सरकारसँग माग

त्रिशूलीमा हराइरहेका यात्रुको खोजी तीव्र पार्न सरकारसँग माग


  • 414
    Shares

    त्रिशूलीमा हराइरहेका यात्रुको खोजी तीव्र पार्न सरकारसँग माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूली नदीमा खसेका यात्रुवाहक बस र हराइरहेका यात्रुको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले घटनास्थलबाट पीडित परिवारले निरन्तर फोन गरेर आफन्तको शव घर तथा आसपासका क्षेत्रमा रहेको जानकारी गराइरहेको बताए।

    उनले नदीमा मात्र नभई घटनास्थल आसपासका मठमन्दिर, सार्वजनिक कार्यालय तथा भवनहरूमा समेत खोजी र उत्खनन गर्न सरकारको ध्यानाकर्षण गराए।

    लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी रहँदा पीडित परिवार र स्थानीयमा त्रास तथा अन्योल बढ्ने भन्दै उनले उपलब्ध सबै स्रोत र साधन परिचालन गर्न आग्रह गरे।

    ‘सर्च एन्ड रेस्क्यूको काम जति लामो हुन्छ, नागरिक त्यति नै त्रसित हुन्छन्,’ उनले भने, ‘सबै संयन्त्र परिचालन गरेर भए पनि छिटोभन्दा छिटो उद्धार कार्य सम्पन्न गर्नुपर्छ।’

    सांसद श्रेष्ठले हराइरहेका यात्रुका परिवारको पीडा र अवस्थालाई ध्यानमा राख्दै खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १३:५४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij