Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसदीय विशेष समिति गठनमा दलहरूबीच सहमति जुटेन

संसदीय विशेष समिति गठनमा दलहरूबीच सहमति जुटेन


  • 260
    Shares

    संसदीय विशेष समिति गठनमा दलहरूबीच सहमति जुटेन
    images

    काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनबारे गठन हुने संसदीय विशेष समितिको कार्यादेश (टीओआर) तय गर्न दलहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

    बिहीबार सत्तारुढ दल रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा दलका नेताहरूबीच छलफल भएको थियो। बैठकमा समितिको संरचना, सदस्य संख्या, कार्यक्षेत्र र समयावधिबारे छलफल भए पनि सहमति जुट्न सकेन।

    एमाले सांसद पद्मा अर्यालले अर्को बैठकमा सहमति जुटाउने गरी छलफल टुंगिएको जानकारी दिइन्।

    कांग्रेस सांसद निष्कल राईले समितिलाई सानो आकारको बनाउने र प्रारम्भिक रूपमा तीन महिनाको समय दिने प्रस्ताव गरिएको बताए। आवश्यक परे पछि समय थप गर्न सकिने उनको भनाइ छ।

    तर रास्वपाले संसदमा आफ्नो उपस्थितिको संख्याका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि समिति गठनको मोडालिटीमा सहमति हुन नसकेको राईले बताए।

    उनका अनुसार कांग्रेसले पाँच जना सत्तापक्ष र दुई जना प्रतिपक्षको अनुपातमा समिति गठन गर्न प्रस्ताव गरेको थियो। साथै समितिको संयोजक जिम्मेवार तथा प्रभावशाली नेता हुनुपर्ने प्रस्तावसमेत गरिएको थियो।

    दलहरूबीच सहमति जुटेपछि समितिको आकार, अवधि र कार्यादेश टुंगो लगाउने तयारी छ। 

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १३:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij