Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गरगहना चोरी र खरिदमा संलग्न चार जना पक्राउ

गरगहना चोरी र खरिदमा संलग्न चार जना पक्राउ


  • 946
    Shares

    गरगहना चोरी र खरिदमा संलग्न चार जना पक्राउ
    images

    काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा २९ वर्षीया सावन कुशवाहा, ३६ वर्षीया पबित्रा लिम्बु, २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पवित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ । 

    काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १४:४६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij