Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजी आन्दोलनले दिएको सन्देशबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने

जेनजी आन्दोलनले दिएको सन्देशबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने


  • 813
    Shares

    जेनजी आन्दोलनले दिएको सन्देशबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट ‘अस्वीकृति पत्र’ भएको बताएका छन्।

    भदौ २३ र २४ गते भएको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरणका रूपमा भएको बताएका हुन्।

    उनले आन्दोलनका क्रममा ज्यान गुमाउने अमर सहिद तथा कर्तव्य पालनका क्रममा मृत्यु भएका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको देख्नु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै उनले यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्।

    लामिछानेले आन्दोलनका घाइतेहरूको पूर्ण उपचार, दीर्घकालीन पुनर्स्थापना तथा सहिद परिवारको उचित हेरचाह गर्ने दायित्व राज्यले पूरा गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

    उनले एक वर्षअघि सडकबाट नवयुवाहरूले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले आफूहरूलाई समयले उभ्याएको बताएका छन्। साथै, नागरिक समाज र आम जनसमुदायलाई रचनात्मक खबरदारी निरन्तर जारी राख्न अपिल गरेका छन्।

    ‘हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ,’ लामिछानेले वक्तव्यमा भनेका छन्।

    नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध हुन आह्वान गर्दै उनले जेनजी आन्दोलनले अघि सारेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

    794790845_1057048087301037_1175218638557910777_n_9JKjiAAY1W.webp

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १३:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij