Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

घरमा आगलागी हुँदा महिलाको मृत्यु

घरमा आगलागी हुँदा महिलाको मृत्यु


  • 1.4K
    Shares

    • images
    घरमा आगलागी हुँदा महिलाको मृत्यु

    काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका(५ को पुरानो बजारस्थित घरमा आगलागी हुँदा एक महिला मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया विभा पूर्वे रहेको प्रहरीले जनाएको हो।

    प्रहरीका अनुसार मंगलबार बिहान महतोको दुई तल्ले पक्की घरमा आगलागी भएको थियो। आगलागीबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    तत्कालै प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेको कमान्डमा टोली खटिएको थियो। प्रहरीले घरभित्रै उनको शव फेला पारेको हो। आगलागीबाट उनको शरीरको अधिकांश जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको कमाण्डको टोली, मिर्चैया सरकारी अस्पतालका चिकित्सक तथा विद्युत् प्राविधिसहितको टोली घटनास्थल पुगेको थियो।

    शव पोस्टमार्टमका लागि धरान पठाउने त्यारी गरिरहेको प्रहरीको भनाइ छ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १६:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij