Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नयाँ बानेश्वरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात

नयाँ बानेश्वरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात


  • 1.4K
    Shares

    नयाँ बानेश्वरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात
    images

    काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ। ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । 

    आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताएका छन् ।

    उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ । सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो ।

    सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताएका छन् ।

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १४:३९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij