Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नाडा अटो शोमा चार पाङ्ग्रे सवारीको आकर्षण, तस्बिरहरू

नाडा अटो शोमा चार पाङ्ग्रे सवारीको आकर्षण, तस्बिरहरू


  • 1.3K
    Shares

    नाडा अटो शोमा चार पाङ्ग्रे सवारीको आकर्षण, तस्बिरहरू
    images

    काठमाडौं । अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी नाडा अटो शो २०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १८औँ संस्करणको यो प्रदर्शनी ६ दिनसम्म सञ्चालन हुनेछ । नेपालमा तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास, नयाँ प्रविधि र व्यवसायिक गतिविधिलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ ।

    नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ । करिब ३ लाख वर्गफुट क्षेत्रफलमा सञ्चालन भइरहेको प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहेका छन् । जहाँ २३ ब्रान्डका पेसेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारी साधन तथा वित्तीय र बीमा कम्पनीका सेवाहरू प्रदर्शनमा राखिएका छन् ।

    त्यस्तै, अटो पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायत अटोमोबाइलसँग सम्बन्धित ७० भन्दा बढी स्टल पनि प्रदर्शनीमा सहभागी छन् । प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारी साधन, ब्याट्री, ल्युब्रिकेन्ट्स, हेल्मेट तथा अन्य अटो सामग्रीसमेत राखिएको छ । आयोजकका अनुसार अटो शोले नेपाली अटोमोबाइल बजारको सम्भावना, नयाँ प्रविधि र लगानीका अवसरलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

    nada6.JPG

    nada5.JPG

    nda4.JPG

    nada3.JPG

    nada2.JPG

    nada1.JPG

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १३:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij