Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

प्रचण्डसँग भेटपछि बागमतीका असन्तुष्ट नेकपा सांसदले थापालाई विश्वासको मत दिने

प्रचण्डसँग भेटपछि बागमतीका असन्तुष्ट नेकपा सांसदले थापालाई विश्वासको मत दिने


  • 890
    Shares

    प्रचण्डसँग भेटपछि बागमतीका असन्तुष्ट नेकपा सांसदले थापालाई विश्वासको मत दिने
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने भएका छन् ।

    मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न तयार भएका हुन् ।

    नेकपा सांसद गंगानारायण श्रेष्ठका अनुसार राप्रपासँग सत्ता सहकार्य र नेकपा–एमालेबीच भएको पाँचबुँदे सहमतिअनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि रहे पनि अहिले विश्वासको मत दिने निर्णय भएको हो ।

    श्रेष्ठले केन्द्रीय संयोजन समितिको बैठकले सत्ता सहकार्यका विषयमा अन्तिम निर्णय गर्ने सहमतिअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिन लागिएको बताए ।

    उनका अनुसार राप्रपासँग सत्ता सहकार्य उपयुक्त थियो वा थिएन भन्ने विषयमा प्रचण्डसँग राजनीतिक तथा वैचारिक छलफल भएको छ । केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गरेपछि आवश्यक कदम चालिने उनले बताए ।

    यसअघि नेकपाका सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले सरकार गठन प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाएका थिए ।

    असन्तुष्टमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक नेकपा (एकीकृत समाजवादी) तथा अन्य सांसद माओवादी केन्द्रतर्फका हुन् ।

    यससँगै मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रयासलाई सहजता मिल्ने देखिएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १३:१८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij