२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो ।
सोमबार बेलुकाको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij