Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नाडा अटो शो २०२६ सुरु

नाडा अटो शो २०२६ सुरु


  • 1.2K
    Shares

    नाडा अटो शो २०२६ सुरु
    images

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ। मंगलबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। 

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ । नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्  ।

    अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताएका छन्।

    अध्यक्ष उप्रेतीले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरेका छन् । भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    नाडा अटो शोमा २०० बढी स्टल रहेका छन्। जसमा २३ चारपांग्रे, १७ वटा कमर्सियल,१३ वटा दुईपांग्रे र ७० वटा अटो कम्पोनेन्ट रहेने छन्। त्यसबाहेक बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स लगायतका स्टल रहने छन्। 

    त्यसबाहेक, अटोमोटिभ पार्टपुर्जी, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरु समेत रहेका छन् । 

     नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण  जी १ हुमनाइड रोबर्ट एन्ड जओे २ क्वाड्रप रोबोट भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्ट रहने छन्।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १०:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij