२०८३ भाद्र ८ गते सोमवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९ को विन्दुमा कायम भएको छ ।
आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ ।
सबै समूहगत सूचक झरेको । जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ । त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घटेको छ । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटेको छ ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ६८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३० करोड, उत्पादन तथा प्रशोधन ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै धौलागिरि लघुवित्तको ११.९८, सीवाईसी लघुवित्तको ९.१४, सयपत्री हाइड्रोपावरको ६.२७, हाथवे इन्भेस्टमेन्टको ३.३३, खानीखोला हाइड्रोपावरको ३.३३ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहश ऊर्जाको १० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij