Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

कर्णालीमा नेकपाबाट आज तीन मन्त्री नियुक्त हुँदै

कर्णालीमा नेकपाबाट आज तीन मन्त्री नियुक्त हुँदै

images

  • 533
    Shares

    कर्णालीमा नेकपाबाट आज तीन मन्त्री नियुक्त हुँदै
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट आज तीन जना मन्त्री नियुक्त हुँदैछन् । 

    नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय माग गरिएको छ । प्रदेश प्रमुख कार्यालयका हिरालाल चौधरीले शपथको तयारी भइरहेको जानकारी दिए पनि हालसम्म मन्त्री बन्नेहरूको अन्तिम नामावली प्राप्त नभएको बताए ।

    नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि आजै पार्टीबाट मन्त्री नियुक्त हुने पुष्टि गरेका छन् । तर, उनले मन्त्री बन्ने व्यक्तिहरूको नाम भने सार्वजनिक गरेका छैनन् ।

    हाल मन्त्रीका लागि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा रहेको छ । नेकपाले पाउने तीन मन्त्रालयमा आजै जिम्मेवारी तोकिने जनाइएको छ ।

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १०:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij