२०८३ आश्विन २५ गते आइतवार
काठमाडौं । लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।
आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट प्रस्तुत गरेका हुन्। बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्नेछन्।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका लागि आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटबाट विनियोजन भई बचत हुने अनुमानित रकम ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरेको छ।
यसैगरी, सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij