Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

अलास्का विमान दुर्घटना : ८ जनाको मृत्यु

अलास्का विमान दुर्घटना : ८ जनाको मृत्यु


  • 855
    Shares

    अलास्का विमान दुर्घटना : ८ जनाको मृत्यु
    images

    काठमाडौं । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा ८ जनाको मृत्यु भएको सेनाले जनाएको छ । विमान आलस्का राज्यको दक्षिणपश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ ।

    दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु कोहि जीवित नरहेको पुष्टि गरेको समेत आलास्का कमान्डले जनाएको छ । अलास्काको हवाई क्षेत्रमा सञ्चालित विमानलाई निर्देशन गर्ने राडार क्षेत्रमा जहाजमा रहेका मानिसहरूले के गरिरहेका थिए भन्नेबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

    अलास्कन कमान्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताएका छन् ।

    यस्ता घटना सैन्य परिवार र सन्य सेवा गर्ने समुदायहरूका लागि विनाशकारी क्षति भएको अलास्कन कमान्ड प्रमुख रोबर्ट डेभिसले बताएका छन् । सन्य लेफ्टिनेन्ट जनरल डेभिसले ती व्यक्तिहरू महत्त्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवरहरू भएको उनीहरुले जनाएका छन् ।

    '

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १७:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij