Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली


  • 498
    Shares

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली
    images

    काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्। 

    नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले उनलाई कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।

    पदबहालीका क्रममा बोल्दै उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएका कार्यहरूलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताएका छन्। 

    कोषमा रहेको ठुलो रकमलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन विशेष जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:१५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij