Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु


  • 1.1K
    Shares

    भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
    images

    काठमाडौं । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ। 

    कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको दृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्।

    लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सिसीटिभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

    सामाजिक सञ्जालमा कक्षाकोठाको सिसीटिभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे जाँच गरिरहेका छन्। 

    प्रहरीले बालकको पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको जनाएको छ।  

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १३:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij