Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

दुबईमा पुग्यो नेपाली घिउ, पहिलो चरणमा ६ सय किलो निर्यात

दुबईमा पुग्यो नेपाली घिउ, पहिलो चरणमा ६ सय किलो निर्यात


  • 1.6K
    Shares

    दुबईमा पुग्यो नेपाली घिउ, पहिलो चरणमा ६ सय किलो निर्यात
    images

    काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी० ले उत्पादन गरेको घिउ पहिलो पटक दुबई निर्यात हुन थालेको छ। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा घिउ निर्यात सुरु गरिएको हो।

    पहिलो चरणमा शुक्रबार ६ सय किलो घिउ हवाईजहाजमार्फत दुबई पठाइँदै छ। दुबईमा घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्र(सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

    नेपाली उत्पादनको प्रचारप्रसारका लागि पहिलो पटक जहाजमार्फत पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी भइरहेको छ। दुबईबाहेक मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीका घिउसहित अन्य दुग्ध उत्पादनहरू छिट्टै निर्यात तथा बिक्री वितरण गरिने उनको भनाइ छ।

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १३:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij