Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

रास्वपाको केन्द्रीय समिति बैठककै दिन प्रधानमन्त्री बालेन पोखरा प्रस्थान

रास्वपाको केन्द्रीय समिति बैठककै दिन प्रधानमन्त्री बालेन पोखरा प्रस्थान


  • 351
    Shares

    रास्वपाको केन्द्रीय समिति बैठककै दिन प्रधानमन्त्री बालेन पोखरा प्रस्थान
    images

    काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पोखरा प्रस्थान गरेका छन्।

    रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। तर बैठकअघि नै प्रधानमन्त्री शाह बिहानै गाडीमार्फत पोखरातर्फ लागेका हुन्। 

    रास्वपाले गत साउन १३ गते शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उनी रास्वपा संसदीय दलका नेतासमेत हुन्।

    आजको बैठकले पार्टीका विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन गर्ने तयारी गरेको छ। तर महत्वपूर्ण निर्णय हुने भनिएको बैठकमा वरिष्ठ नेता शाह भने उपस्थित हुने छैनन्। यसअघि पनि आफूलाई वरिष्ठ नेता बनाउने निर्णय भएको बैठकमा शाह सहभागी भएका थिएनन्।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ११:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij