Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन: परराष्ट्रमन्त्री खनाल

नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन: परराष्ट्रमन्त्री खनाल


  • 330
    Shares

    नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन:  परराष्ट्रमन्त्री खनाल
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परम्परागत भू–राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताए । 

    विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’का रूपमा मात्रै चित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) नेपालद्वारा काठमाडौंमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड’ पुस्तक विमोचन तथा प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीति अब ठोस र रूपान्तरणकारी आर्थिक परिणाममुखी हुनुपर्ने बताए । 

    विश्वव्यापी राजनीतिक घटनाक्रमले नेपालको जनजीवनमा पार्ने प्रभावबारे चर्चा गर्दै मन्त्री खनालले खाडी क्षेत्रको अस्थिरता नेपालीको भान्सा र दैनिक जीवनसँग जोडिएको उल्लेख गरे। उडान अवरोध, सम्झौता स्थगन, ऊर्जाको मूल्य वृद्धि र नेपाली नागरिकको सुरक्षामा पर्ने असरले बहुपक्षीय शान्तिको महत्व झन् बढेको उाको तर्क छ ।

    सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्र ९एलडिसी० बाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा विश्वव्यापी प्रतिकूल परिस्थिति वाधक बनिरहेको मन्त्री खनालले बताए । व्यापारलाई विकासको इन्जिन मानिए पनि प्रमुख बजारहरूमा रहेका गैर–शुल्क अवरोध र कठोर नियमका कारण व्यापारले मात्र विकास सहायताको स्थान लिन नसक्ने उनले स्पष्ट पारे।  

    उनले भने, ‘एशियाले विश्वव्यापी आर्थिक वृद्धिको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । हामी नेपाललाई छिमेकीका तिब्र गतिमा विकास भइरहेका अर्थतन्त्रहरूलाई जोड्ने पुलका रूपमा रूपान्तरण गर्न चाहन्छौँ ।’

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ११:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij