Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

सुदूरपश्चिम सरकार विस्तार हुँदै, मन्त्रीका लागि १२ आकांक्षीको नाम केन्द्रमा सिफारिस

सुदूरपश्चिम सरकार विस्तार हुँदै, मन्त्रीका लागि १२ आकांक्षीको नाम केन्द्रमा सिफारिस


  • 1.3K
    Shares

    सुदूरपश्चिम सरकार विस्तार हुँदै, मन्त्रीका लागि १२ आकांक्षीको नाम केन्द्रमा सिफारिस
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि नेकपाबाट मन्त्री बन्न इच्छुक १२ जनाको नाम केन्द्रमा पठाइएको छ।

    मन्त्री छनोटका लागि गठित तीन सदस्यीय कार्यदलले आकांक्षीबीच सहमति जुटाउन नसकेपछि सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। कार्यदलमा प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्ट रहेका थिए।

    प्रदेश इन्चार्ज जोशीका अनुसार मन्त्री बन्न इच्छा व्यक्त गरेका सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको छ। केन्द्रबाट छनोट भएर नाम आएपछि प्रदेशमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरिनेछ।

    सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री थपिने तयारी छ। त्यसका लागि साबिक नेकपा माओवादी केन्द्रबाट सात, साबिक नागरिक उन्मुक्ति पार्टीबाट तीन र साबिक नेकपा एकीकृत समाजवादीबाट दुई जनाको नाम सिफारिस गरिएको छ।

    साबिक माओवादी केन्द्रबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम पठाइएको छ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम केन्द्रमा पठाइएको छ।

    प्रदेशबाट पठाइएका १२ नाममध्ये केन्द्रले पाँच जनाको छनोट गर्नेछ। छनोट हुनेमध्ये एक जनालाई भौतिक पूर्वाधार विकास, एक जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण र अर्का एक जनालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। बाँकी दुई जनालाई राज्यमन्त्री बनाइनेछ।

    मुख्यमन्त्री खगराज भट्टले एक–दुई दिनभित्रै सरकार विस्तार हुने बताएका छन्। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ११:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij