Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

जुम्लामा एक जना मृतावस्थामा फेला

जुम्लामा एक जना मृतावस्थामा फेला


  • 358
    Shares

    जुम्लामा एक जना मृतावस्थामा फेला
    images

    काठमाडौं । जुम्लामा एक पुरुषको शव फेलापरेको छ ।

    चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक बिहीबार साँझ जुम्ला–नाग्मा सडकखण्डमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शालिकराम खनालले जानकारी दिएका छन् ।

    मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


     

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १०:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij