Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो


  • 351
    Shares

    पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
    images

    काठमाडौं । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

    बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ ।

    यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गरे।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १०:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij