Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रयाकिङ प्रणाली सुरु

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रयाकिङ प्रणाली सुरु


  • 1.4K
    Shares

    एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रयाकिङ प्रणाली सुरु
    images

    काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

    नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ’रियल–टाइम’ मा ट्र्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

    अनलाइन कर्जा आवेदन दिने सहज तरिका digi.nmb.com.np इन गर्नुहोस् । Loan Services मा गई Explore Products मा क्लिक गर्नुहोस् । आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् । फारम बुझाउनासाथ तुरुन्तै Explore Products प्राप्त हुनेछ । उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सोझै हेर्नुहोस् ।

    नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ ।

    एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १७:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij