२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलिका लागि आह्वान भएको छ ।
पार्टीका केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक भाद्र ५ गते शुक्रबार बिहान ११ः ०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो ।
बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ । संस्थापनले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र तल्लो तहका अधिवेशनहरू सुरु हुन लागेको बेलामा अनुशासन समिति बैठक बोलाएको हो ।
यता महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा शुक्रबार नै रिट लिएर जाँदै छन् । त्यही दिन अनुशासन समितिको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij