Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेप्सेमा ७ अंकको वृद्धि

नेप्सेमा ७ अंकको वृद्धि


  • 358
    Shares

    नेप्सेमा ७ अंकको वृद्धि
    images

    काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ ।

    आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ९५ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ ०.२८, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७६ तथा अन्य ०.०९ प्रतिशत बढे ।

    त्यस्तै विकास बैंक ०.३७, फाइनान्स ०.१९, होटल तथा पयृटन ०.०५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४८ तथा व्यापार ०.२१ प्रतिशत घटे । समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो ।

    कुल कारोबारमा सो समूहको कारोबार ५१.५९ प्रतिशत हो । हाइड्रोपावर समूहको आज २ अर्ब २७ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै माण्डु हाइड्रोपावरको ४.८७, सानिमा मिडिल तमोरको ४.८५, सानिमा माइ हाइड्रोपावरको ४.४५, सुपरमादी हाइड्रोपावरको ४.१६ प्रतिशत मूल्य बढ्यो ।

    खानीखोला हाइड्रोपावरको ५.९७, सप्तकोशी विकास बैंकको ३.९२, नेपाल वेयरहाउजिङको ३.७९ तथा हाथवे इन्भेस्टमेन्टको ३.६८ प्रतिशत मूल्य घट्यो ।

    आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । आज यसको ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १५:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij