Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

जापानमा रेलको ठक्करबाट ४ जना कामदारको मृत्यु

जापानमा रेलको ठक्करबाट ४ जना कामदारको मृत्यु


  • 589
    Shares

    जापानमा रेलको ठक्करबाट ४ जना कामदारको मृत्यु
    images

    काठमाडौं । जापानमा रेलले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ । रेलमार्गमा काम गरिरहेका कामदारलाई रेलले ठक्कर  दिएको जनाइएको छ ।

    स्थानीय समयअनुसार बिहीबार बिहान करिब १०ः४६ बजे टोकियोको उत्तरतर्फ रहेको शिन–कानुमा स्टेसनमा घटना भएको अधिकारीहरूले बताएका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार कामदारहरू रेलको ट्र्याकमा उम्रिएको झारपात हटाउने काम गरिरहेका बेला तीव्र गतिमा आएको रेलले उनीहरूलाई ठक्कर दिएको हो । आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कामदार रेलमुनि फसेका थिए भने अर्का एक जना प्लेटफर्ममा रहेको प्रहरीले जनाएको छ । चारै जनाको मृत्यु भएको पुष्टि गरिएको छ  । 

    दुर्घटनापछि रेल सेवा सञ्चालन गर्ने कम्पनीले तोबु निक्को लाइनमा रेल सेवा स्थगित गरेको छ । दुर्घटनामा संलग्न रेल लिमिटेड एक्सप्रेस रेल रहेको जापानको सरकारी टिभी च्यानल एनएचकेले जनाएको छ । जापानमा यस्ता रेलहरू शिन्कान्सेन अर्थात् बुलेट ट्रेनपछि सबैभन्दा तीव्र गतिमा चल्ने रेलमध्ये पर्छन् ।

    जापानी सञ्चारमाध्यम असाही शिम्बुनका अनुसार सामान्यतया रेलमार्गमा काम गरिरहेका कामदारलाई नजिकैबाट रेल आउँदै गरेको जानकारी दिन एक कर्मचारी खटाइने व्यवस्था हुन्छ । तर दुर्घटना भएको समयमा त्यस्तो चेतावनी दिने कर्मचारी त्यहाँ थिए कि थिएनन् भन्ने स्पष्ट भइसकेको छैन ।

    जापानमा विशाल रेल सञ्जाल सञ्चालनमा रहे पनि घातक रेल दुर्घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 

     

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १३:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij