Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

सुटकेसमा फेला परेकी थाई किशोरीको निसास्सिएर मृत्यु भएको पुष्टि

सुटकेसमा फेला परेकी थाई किशोरीको निसास्सिएर मृत्यु भएको पुष्टि


  • 995
    Shares

    सुटकेसमा फेला परेकी थाई किशोरीको निसास्सिएर मृत्यु भएको पुष्टि
    images

    काठमाडौं । थाइल्यान्डमा सुटकेसभित्र फेला परेकी १७ वर्षीया किशोरी टुन्चानोक डोन्होम्लाको निसास्सिएर मृत्यु भएको थाई अधिकारीहरूले पुष्टि गरेका छन्।  

    पटाया सहरको प्रहरीले गत जुन २७ को बिहान रेलवे ट्र्याकनजिकै नग्न अवस्थामा सुटकेसभित्र उनको शव फेला पारेको थियो। यस मामिलामा संदिग्ध ठानिएका ४५ वर्षीय अस्ट्रेलियाली नागरिक साइमन पिटर कारम्यानलाई देश छाडेर भाग्ने तयारीमा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।  

    युवतीको शव परीक्षणको नतिजाले मृत्युको मुख्य कारण निसास्सिनु रहेको देखाएको पटाया सहरका प्रहरी प्रमुख अनिक स्राथोङयुले बताएका छन्। किशोरीको मस्तिष्कमा पनि चोट लागेको तर मृत्युको कारण सो चोट नरहेको उनले खुलाए। आरोपीले युवतीलाई सुटकेसभित्र हालेर फाल्न लैजानुअघि नै उक्त चोट लागेको हुन सक्ने अनुमान गरिएको छ।

    टुन्चानोकको शरीरमा भेटिएको डिएनए कारम्यानको डिएएनएसँग मेल खाएको छ। प्रहरीले कारम्यानविरुद्ध हत्या, शव लुकाउने वा सार्ने, १५ वर्षमाथिका नाबालिगको अपहरण तथा अभद्र कार्यका लागि बेपत्ता बनाएको गरी चारवटा अभियोग दर्ता गराउने तयारी गरेको छ।

    सुरुमा संदिग्धले आफूले टुन्चानोकलाई बाहिर लगेको तर आफू निर्दोष रहेको भन्दै सबै आरोप अस्वीकार गरेका थिए। प्रहरी प्रमुख अनिकले अदालतमा संदिग्धलाई दोषी प्रमाणित गर्न पर्याप्त हुने प्रमाण संकलन भइसकेको बताए। उनले, ‘शुक्रबारसम्ममा अभियोजकहरूलाई मुद्दा बुझाउनेछौँ,’ भन्दै, ‘यसमा कारम्यानलाई अभियोग लगाउने अन्तिम मिति सेप्टेम्बर १८ तोकिएको छ,’ भन्ने जानकारी दिए।

    सार्वजनिक गरिएको सिसीटिभी फुटेजमा जुन २५ को बिहान कारम्यान टुन्चानोकसँगै कन्डोमिनियममा प्रवेश गरेको देखिएको थियो। सोही साँझ उनी ठूलो सुटकेस बोकेर एक्लै निस्किएका थिए। कारम्यानले रेलवे लाइनतिर जानुअघि मोटरसाइकलमा झोला लोड गरेको पाइएको छ। पक्राउ परेपछि कारम्यानले आत्मरक्षाका क्रममा सो घटना भएको दाबी गर्दै आरोपहरू अस्वीकार गरेका छन्। अभियोग प्रमाणित भएमा उनले मृत्युदण्डको सजाय पाउन सक्नेछन्।     

     

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ११:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij