२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधबारदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन आज पनि जारी नै रहेको छ ।
पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ।
सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij