Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


  • 799
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    जसमा ४ प्रतिशतले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस शेयर र ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँबराबरको नगद लाभांश (नगद र बोनसमा लाग्ने करसहित) रहेका छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ११:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij