Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


  • 904
    Shares

    नेपाल एसबिआई बैंकद्वारा पोखरामा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले तीन भिन्न संस्थालाई सहयोग प्रदान गरेको छ। बैंकले सशस्त्र प्रहरी बल, नेपाल; नेपाल रेडक्रस सोसाइटी, कास्की; तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो ।

    जसअन्तर्गत बैंकले फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उद्धार उपकरणहरू सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई Roof Truss निर्माणका लागि तथा रक्तसञ्चार सेवाको सुदृढीकरणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई Portable Blood Bag Tube Sealer क्भबभिच प्रदान गर्नुका साथै नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि सहयोग प्रदान गरेको छ ।

    उक्त सामग्री तथा सहयोग भारतीय स्टेट बैंकका उप प्रबन्ध निर्देशक श्री किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष श्री मुनीष कुमार चान्दनाले पोखरामा आयोजित एक कार्यक्रममा क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी श्री प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी, कास्कीकी सभापति श्रीमती उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ, कास्कीका अध्यक्ष श्री किरणलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

    कार्यक्रममा नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारी, सञ्चालकहरू श्री रितेश सिन्हा, श्री भरत राज वस्ती, श्रीमती अप्सरा उप्रेती, भारतीय स्टेट बैंकका महाप्रबन्धक श्री मो. रिजवान आलम, उप महाप्रबन्धक श्री प्रिय रञ्जन, नेपाल एसबिआई बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत श्री विष्णु देव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री प्रबिन मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    यस किसिमका पहल बाट समुदायमा सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पु¥याउने बिश्वास बैंकले लिएकोे छ। 

    नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाई, १२७ एटीएम तथा कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेकोे छ ।  

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १७:४६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij