Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

घट्यो सेयर बजार

घट्यो सेयर बजार


  • 736
    Shares

    घट्यो सेयर बजार
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.३४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । 

    आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । 

    व्यापार बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार ०.४१ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.४० प्रतिशत घटेको छ ।

    बैंकिङ ०.५९, विकास बैंक ०.५९, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.९२, लगानी ०.८३, जीवन बीमा ०.७६, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.९७ प्रतिशत घटेको छ । 

    समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ५३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ४४ करोड, उत्पादन तथा प्रशोधन ४५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.७८, माथिल्लो मैलुङखोला जलविद्युतको ३.६४ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको इकाई कारोबार भएको छ । आज यसको ५० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १५:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij