Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन


  • 1.7K
    Shares

    नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८३\०४\२७ मा बसेको ५४८औँ बैठकले भारतीय स्टेट बैंक (एस.बी.आई.) लाई प्रतिनिधित्व गरी आएका संचालक मुनीष कुमार चान्दनालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।
     
    अध्यक्ष श्री मुनीष कुमार चान्दना, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह–२ मा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले हाल एस.बी.आई.को पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अष्टे«लियाको अन्तर्राष्ट्रिय बैंकिङ्ग संचालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरुको लागी रणनीतिक नेतृत्व प्रदान गरे । नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष श्री मुनीष कुमार चान्दनालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरे । 

    सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री किरण पण्डित, कार्यकारी निर्देशकहरु श्री रामु पौडेल र श्री दीर्घ बहादुर रावल, निर्देशक श्री शरण कुमार अधिकारी तथा एस.बी.आई. भारतका उप–प्रबन्ध निर्देशक श्री किशोर कुमार पोलुदासु, बैंकका संचालकहरु श्री रितेश सिन्हा, श्री भरत राज वस्ती र श्री अप्सरा उप्रेती, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत श्री प्रबिण मुनि बज्राचार्य तथा बैंकका कम्पनी सचिव श्री खगेश्वर भट्ट लगायतको उपस्थिती रहेको थियो ।

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १०:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij