Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कोशी सरकारमा नेकपा सहभागी, पाँच मन्त्रीले लिए शपथ

कोशी सरकारमा नेकपा सहभागी, पाँच मन्त्रीले लिए शपथ


  • 785
    Shares

    कोशी सरकारमा नेकपा सहभागी, पाँच मन्त्रीले लिए शपथ
    images

    काठमाडौं । नेकपा एमाले र नेपाली नेकपाबिच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो ।

    नेकपाबाट नियुक्त भएका पाँच जनामध्ये तीन जना महिला रहेका छन् । नेकपाबाट गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिसिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, नेकपाले सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा सरकारमा पठाएको छ ।

    सरकार विस्तारसँगै नेकपा एमालेबाट मन्त्री बनेका केही सदस्यहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको नयाँ जिम्मेवारी तोकिएको छ । 

    एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् छ ।

    नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १६:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij