२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव २५ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ ।
आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, जीवन बीमा ०.३६, माइक्रोफाइनान्स ०.६६ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युत् ०.४५, अन्य ०.४७ र व्यापार ०.१४ प्रतिशत बढेको छ ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब २३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ६५ करोड, उत्पादन तथा प्रशोधन १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११.१७, सगरमाथा जलविद्युत कम्पनीको ११.०६, विकास हाइड्रोपावरको ८.२२ प्रतिशत मूल्य बढेको छ ।
फर्स्ट माइक्रोफाइनान्सको ६.६३, महिला लघुवित्तको ६.५७, खानीखोला हाइड्रोपावरको ६.३३, सेन्ट्रल फाइनान्सको ४.५४ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij