Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

विद्युत कर हटाउन र बक्यौता उठाउन उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान

विद्युत कर हटाउन र बक्यौता उठाउन उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान


  • 1.0K
    Shares

    विद्युत कर हटाउन र बक्यौता उठाउन उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान
    images

    काठमाडौं । विद्युतमा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ ले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।

    पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भदौ १ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो। ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नारासहित सुरु हुने अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गर्ने कार्यक्रम तय भएको छ।

    अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलाबाट गरिने उज्यालो नेपाल पार्टीले जनाएको छ।

    पार्टीको भ्रातृ संगठन ‘युवा तथा खेलकुद महासङ्घ’ ले संयोजन गरेको अभियानमार्फत सरकारले विद्युत् महसुलको अर्बौँ रुपैयाँ बराबरको बक्यौता रकम उठाउनुपर्ने र सर्वसाधारणलाई असर पार्ने गरी लगाइएको विद्युत् कर हटाउनुपर्ने माग अघि सारिनेछ।

    पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद चर्किरहेका बेला उज्यालो नेपालको यो अभियानलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। अभियान अवधिभर संकलन गरिएका हस्ताक्षर सरकारलाई बुझाउँदै माग सम्बोधनका लागि दबाब दिने पार्टीको योजना छ।

    सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले यस अभियानमार्फत आम नागरिकको समर्थन जुटाउने लक्ष्य राखेको छ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij