Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

बैतडी पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी, सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो

बैतडी पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी, सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो


  • 946
    Shares

    बैतडी पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी, सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो
    images

    काठमाडौं । सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी भएका छन्।

    आफैँ गाडी चलाएर शनिबार बेलुका दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।

    स्वास्थ्यमा समस्या देखिएपछि सुदूरपश्चिम प्रदेशको भ्रमण सकाएर मन्त्री लम्साल काठमाडौँ फर्किएका छन्।

    बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार स्वास्थ्यमा समस्या देखिपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ। धनगढीबाट मन्त्री लम्साल प्लेनमार्फत काठमाडौँ फर्किने छन्। स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर लम्साललाई धनगढी ल्याइएको छ।

    मन्त्री लम्सालको बैतडी र बझाङका विभिन्न ठाउँको राजमार्ग र पूर्वाधारको अवस्था निरीक्षण गर्ने कार्यक्रम थियो। स्वास्थ्यमा समस्या आएकाले हिँडडुल गर्न सक्ने अवस्था नभएकाले ती कार्यक्रम प्रभावित भएका छन्। भ्रमण छोट्याएर मन्त्री लम्सालको टोली काठमाडौैँ फर्किएको हो।

    लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण थियो।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १९:२३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij