Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह वरिष्ठ कमान्डर मारिएको दाबी

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह वरिष्ठ कमान्डर मारिएको दाबी


  • 757
    Shares

    इजरायली हवाई आक्रमणमा हिजबुल्लाह वरिष्ठ कमान्डर मारिएको दाबी
    images

    काठमाडौं । दक्षिणी लेबनानमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएको दाबी इजरायली सेनाले गरेको छ । इजरायली सेनाका अनुसार अबु हसन अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए । 

    इजरायली सेनाले आइतबार जारी गरेको विवरणअनुसार अलाले दक्षिणी लेबनानमा इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रयोग गरी गरिएका आक्रमणमा पनि भूमिका खेलेका थिए ।

    यसअघि शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । मृतकमध्ये महिला र बालबालिका पनि रहेको बताइएको छ । 

    आक्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले हिजबुल्लाहमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । उनका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहको आक्रमणमा तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।

    त्यसको जवाफमा इजरायली सेनाले हिजबुल्लाहको विशेष रदवान फोर्सको मुख्यालयलाई निशाना बनाएको बताएको थियो । शनिबारको आक्रमणमा हिजबुल्लाहका एक बटालियन कमान्डरसहित अन्य केही व्यक्ति मारिएको इजरायली सेनाले दाबी गरेको थियो । 

    एजेन्सी

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १७:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij