Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल पहिलो

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल पहिलो


  • 1.3K
    Shares

    २० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल पहिलो
    images

    कमठमाडौं  ।  २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ मा कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँको तुलनामा ३२.३२ प्रतिशतले बढी हो । बैंकहरूको समग्र नाफामा भएको वृद्धिले पछिल्लो समय वित्तीय क्षेत्रमा सुधार देखिएको संकेत गरेको छ ।

    नाफा कमाउने बैंकमध्ये नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । नबिल बैंकले ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउँदै पहिलो स्थान कायम गरेको हो । त्यस्तै, कुमारी बैंक ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ नाफासहित दोस्रो र ग्लोबल आईएमई बैंक ६ अर्ब २२ करोड ७२ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा छन् ।

    यसैगरी एभरेस्ट बैंकले ४ अर्ब ८० करोड ६९ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५६ करोड ६९ लाख र नेपाल बैंकले ४ अर्ब ५० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । प्राइम कमर्सियल, एनएमबी, सानिमा र सिद्धार्थ बैंकले पनि ३ अर्बभन्दा बढी नाफा गरेका छन् ।

    तर सबै बैंकको नाफा भने बढेको छैन । लक्ष्मी सनराइज बैंकको नाफा २२.७७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.३९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३६.५९ प्रतिशत र कृषि विकास बैंकको २९.५२ प्रतिशतले घटेको छ ।  

    प्रभु बैंक भने यस वर्ष २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानमा गएको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ नाफामा रहेको बैंक यस वर्ष घाटामा पुगेको हो ।

    यता, अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा रहेको एनआईसी एसिया बैंकले यस वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफा कमाउँदै उल्लेखनीय सुधार गरेको छ ।

    प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउने बैंक हिमालयन बैंक बनेको छ । बैंकको नाफा १०४१.४० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ । कुमारी बैंकको नाफा पनि ३०५.९६ प्रतिशतले बढेको छ । समग्रमा अधिकांश वाणिज्य बैंकको नाफा बढेकाले बैंकिङ क्षेत्रको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ ।

    banking nafa22.png

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १२:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij