२०८२ फाल्गुण २१ गते बिहिवार
म्यानमारको दोस्रो ठूलो सहर मेन्डलेनजिक बिहीबार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। वारुणयन्त्र सेवाले सामाजिक सञ्जालमा घटनाको तस्बिरसहित जानकारी दिएको हो।
विमान राजधानी नेपिडाबाट पायिन ओ ल्विन सहरतर्फ जाँदै थियो। विमानमा ६ सैनिक र अन्य बौद्ध भिक्षु थिए। उनीहरु बौद्धमठमा आयोजित समारोहमा सहभागी हुन जाँदै थिए। दुर्घटनामा विमान चालक र एक यात्री बाँचेको बताइएको छ। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij