Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

नेपाल एसबीआई बैंकको नाफा २ अर्ब नाघ्यो, ईपीएस १८ रुपैयाँ पुग्यो

नेपाल एसबीआई बैंकको नाफा २ अर्ब नाघ्यो, ईपीएस १८ रुपैयाँ पुग्यो


  • 442
    Shares

    नेपाल एसबीआई बैंकको नाफा २ अर्ब नाघ्यो, ईपीएस १८ रुपैयाँ पुग्यो
    images

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकको वितरणयोग्य मुनाफा पनि ४.५४ प्रतिशतले बढेर १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब १९ करोड ७३ लाख रुपैयाँ रहेको थियो । वितरणयोग्य मुनाफाका आधारमा बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.३१ प्रतिशतले बढेर ७ अर्ब १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ८० करोड २२ लाख रुपैयाँ थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ६.२३ प्रतिशतले बढ्दै २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गैर–ब्याज आम्दानी भने १८.६९ प्रतिशतले बढेर २ अर्ब ६९ लाख रुपैयाँ पुगेको छ ।

    नाफामा सुधार आएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर १८.०४ रुपैयाँ पुगेको छ ।

    बैंकले खराब कर्जा (एनपीएल) अनुपात घटाउन पनि सफलता हासिल गरेको छ । अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको खराब कर्जा घटेर २.९२ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको कोषको लागत (कस्ट अफ फण्ड) ५.१८ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा आएको छ ।

    बैंकको पूँजी पर्याप्तता अनुपात पनि सुधार हुँदै १३.७४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १२.७५ प्रतिशत रहेको थियो ।

    हाल नेपाल एसबीआई बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिमा २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

    समग्रमा बैंकको वित्तीय विवरणले नाफा वृद्धि, खराब कर्जा नियन्त्रण र कोष व्यवस्थापनमा सुधार भएको देखाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १८:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij