Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

हिमालयन बैंकको नाफा १ अर्ब ४८ करोड पुग्यो

हिमालयन बैंकको नाफा १ अर्ब ४८ करोड पुग्यो


  • 561
    Shares

    हिमालयन बैंकको नाफा १ अर्ब ४८ करोड पुग्यो
    images

    काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ।

    बैंकले असार मसान्तसम्ममा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्रै रहेको थियो। यस आधारमा बैंकको नाफामा ठूलो वृद्धि भएको देखिएको छ।  

    यद्यपि बैंकको निष्क्रिय कर्जा (एनपीएल) अझै उच्च अवस्थामा रहेको छ। बैंकको निष्क्रिय कर्जा ७.९६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा ७.९७ प्रतिशत रहेको थियो। निष्क्रिय कर्जा व्यवस्थापनका लागि बैंकले २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यवस्था (प्रोभिजन) गरेको छ।

    बैंकको सञ्चित नोक्सानी भने बढेर ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो।

    वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो वर्ष १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँ कायम भएको छ।

    बैंकको प्रतिसेयर आम्दानीमा भने सुधार देखिएको छ। अघिल्लो वर्ष ०.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ६.५६ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ कायम भएको छ।

    बैंकको आधार दर ६.६३ प्रतिशतबाट घटेर ५.३१ प्रतिशतमा झरेको छ भने स्प्रेड दर पनि ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशत कायम भएको छ। पुँजी कोष अनुपात १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगेको छ।

    त्यस्तै, बैंकको सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ। कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा सीमित भएको छ।

    हिमालयन बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन बढाउँदै ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुर्‍याएको छ। बैंकको कर्जा प्रवाह भने सामान्य वृद्धि भई २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

    बैंकले चौथो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेको छ। यद्यपि पुरानो नोक्सानी र व्यवस्थापनका कारण बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक अवस्थामा रहेको छ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १३:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij