Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकले ल्यायो विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकले ल्यायो विशेष अफर


  • 645
    Shares

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकले ल्यायो विशेष अफर
    images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा बैंकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

    बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ ।

    उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ ।

    सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नु हुनेछन्। यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्। 

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १८:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij